Kathmandu Press

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थालेकाे अभियान निष्कर्षमा पुग्न नसक्ने आशंका : सांसद केसी

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले एकपछि अर्को फाइल खोले पनि निष्कर्षमा नपुग्ने देखिएको बताएका हुन्।
भ्रष्टाचार नियन्त्रण गर्न सरकारले थालेकाे अभियान निष्कर्षमा पुग्न नसक्ने आशंका : सांसद केसी

काठमाडाैं, भदाै १८ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सुरु गरेका अभियान निष्कर्षमा पुग्न नसक्ने आशंका गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले एकपछि अर्को फाइल खोले पनि निष्कर्षमा नपुग्ने देखिएको बताएका हुन्।

उनले खोलिएका फाइलहरु टुंगोमा नपुग्ने र बीचमै तुहिनेखालको परिस्थितिले भष्टाचार गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको जिकिर गरे।

भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न नसकेसम्म सुशासनको प्रत्याभूति हुन नसक्ने उहाको भनाइ छ। सांसद केसीले मुलुकको टेलिकम क्षेत्रमा सुधार गर्न टेरामक्स प्रविधिको आवश्यकत्ता रहेको भन्दै यसकाले यस बारे अध्ययन सुरु गर्नुपर्ने बताए।

टेरामक्सले अण्डर भ्वोइसिङ, नो बिलिङ, र त्यहाँभित्र हुने गोलमाल नियन्त्रण गर्न सक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने भएपनि यसलाई भित्राउन नदिन ठूलो खेल भएको हुन सक्ने उहाले बताए।

त्यस्तै एमाले सांसद विद्या भट्टराईले महङ्गीले नेपाल समाज आक्रान्त बनेपनि सरकारले कुनै चासो नदिएको बताउनुभयो। सरकारको स्पष्ट नीति नहुदा मूल्यवृद्धि भएको, नापतौलमा ठगिनुपरेको, महँगीका कारण नेपाली समाजमा संकट उत्पन्न भएको जिकिर गरे।

त्यस्तै रास्वपा सांसद हरि ढकालले क्रिकेट रंगशालामा लाइट हाल्न नसक्ने सरकारले मुख्यमन्त्रीका लागि भैसिपाटीमा आलिसान महल बनाएको भन्दै आक्रोश व्यक्त गरे।

उनले अन्य देशमा खेलाडीहरुलाई राज्यले उचित पारिश्रमिक दिएपनि नेपालमा खेलाडीहरुले भोको पेट नेपालको इज्जत धानेको तर्क गरे।

 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्