Kathmandu Press

बन्न बाँकी कानुनलाई प्राथमिकताका आधारमा सदनमा पेस गर्न सरकारलाई निर्देशन

बन्न बाँकी कानुनलाई प्राथमिकताका आधारमा सदनमा पेस गर्न सरकारलाई निर्देशन

काठमाडौं, भदौ १८ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरुलाई प्राथमिकताका आधारमा सदनमा पेस गर्न सरकारलाई निर्देशन दिएका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ को छलफलपछि अध्यक्ष तिमिल्सिनाले संघीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न, कानूनी रिक्तता पुरा गर्नका साथै संविधानको कार्यान्वयनलाई समेत पूर्णता दिन प्राथमिकताका आधारमा कानूनहरुको तर्जुमा गरि सदनमा पेस गर्न निर्देशन दिएका हुन्।

संविधान अनुसार बन्न बाँकी रहेका कानूनहरुलाई कानुनहरुको अध्ययन प्रतिवदनका आधारमा अघि बढाउन र प्रतिवेदनमा रहेका सुझावलाई समेत कार्यान्वयन गर्न उहाले निर्देशन दिए। राष्ट्रियसभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगीत गरिएको छ।  

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्