संघीय निजामती सेवा विधेयक संसदमा पेस गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री प्रचण्डले मंगलवार बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेस गर्ने सम्भावना रहेको पनि बताएका हुन्।
काठमाडौं, भदौ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई चाँडो संसदमा पेस गरिने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले मंगलवार बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको पनि बताएका हुन्। राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त भनाइ राखेका हुन्।
‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
अघिल्लो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रुप दिएको छ।
प्रकाशित मिति: १४:४१ बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











