ललिता निवास प्रकरणका सबै प्रतिवादीलाई थुनामा राख्न सरकारी वकिलको माग
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोला ढकालको इजलासमा सुनुवाइ जारी छ।
काठमाडौं, भदौ १८ : ललिता निवासस्थित सरकारी जग्गा कीर्ते अनियमितता प्रकरणमा सरकारी वकिलको बहस सकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोला ढकालको इजलासमा सुनुवाइ जारी छ। सरकारी वकीलको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्ने तयारीमा छन्।
खाजा समयपछि प्रतिवादीका कानुनव्यवसायीले वहशको शुरुवात गर्नेछन्। सरकारी वकील अच्युतमणी नेउपानेसहित ६ जना सरकारी वकीलले वहश सकाएका हुन् उनीहरुले प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।
प्रकाशित मिति: १४:३७ बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











