Kathmandu Press

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, हिरासतमा हुनेको संख्या २७ पुग्यो

खरेलको पक्राउसँगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुन तश्करी प्ररकणमा संलग्नताको आरोपमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेको थियो।
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, हिरासतमा हुनेको संख्या २७ पुग्यो

काठमाडौं, भदौ १८ : ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो। खरेललाई नेपाल–भारत सीमाबाट पक्राउ गरेको जनाइएको छ।

खरेलको पक्राउसँगै ६० किलो सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। सुन तश्करी प्ररकणमा संलग्नताको आरोपमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई साउन २१ गते सीआईबीको जिम्मा लगाइएको थियो । उनीहरुमाथि अनुसन्धान चलिरहेको छ । 
 
प्रकाशित मिति: १४:१५ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्