Kathmandu Press

संविधानअनुकूल कानुनको विधेयक पेश गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथिको छलफलमा बोल्नेक्रममा सत्ताधारी माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।
संविधानअनुकूल कानुनको विधेयक पेश गर्न सरकारको ध्यानाकर्षण

ठमाडौं, भदौ १८ : राष्ट्रिय सभा सदस्यहरुले संविधानअनुकूल कानुनको विधेयक तयार गरी पेस गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथिको छलफलमा बोल्नेक्रममा सत्ताधारी माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसदहरुले संविधान कार्यान्वयनका लागि १८१ वटा कानुन बनाउन आवश्यक रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । सत्ताधारी संघले तत्काल ४० वटा कानुन बनाउनुपर्ने भनाई सांसदको छ।

कर्मचारी समायोजन भए पनि संघीय निजामति ऐन नबनेको तथा संघीय शिक्षा ऐनको अभावका का।रण समस्या उत्पन्न भएको बिषय समेत सांसदहरुले उठाएका छन्। 
 
प्रकाशित मिति: १४:०५ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्