Kathmandu Press

क्रिकेट खेलाडीकाे रकम अलविम्ब उपलब्ध गराउन सरकारको सांसद शाहीकाे ध्यानाकर्षण

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरे पनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अविलम्ब उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
क्रिकेट खेलाडीकाे रकम अलविम्ब उपलब्ध गराउन सरकारको सांसद शाहीकाे ध्यानाकर्षण

काठमाडाैं, भदाै १८ : राप्रपाका सांसद ज्ञान बहादर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरे पनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अविलम्ब उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि रू १७ लाख दिने घोषणा गरेकामा हालसम्म नदिइएको भन्दै उक्त रकम छिटो दिनुपर्नेमा जोड दिए। 

उनले खेलाडीलाइ दिने भनिएको रकम रोकिएर राख्नुको कारण समेत माग गरे। शुभकामना मात्रै दिएर खेलाडीको मनोबल उच्च नहुने भन्दै उहाले उत्कृट नजिता निकाल्न अभावलाई हटाउने काम पनि राज्यले गर्नुपर्ने बताए।

सांसद शाहीले भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने भन्ने प्रश्नचिह्न खडा हुनेसमेत बताए। 

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्