Kathmandu Press

कोसी सरकारको वैधानिकता विवादमा पूर्ण इजलासमा सुनुवाइ सुरु  

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी सरकार गठनलाई लिएर वैधानिकताको प्रश्न उठाउँदै रिट दायर गरेका थिए।
कोसी सरकारको वैधानिकता विवादमा पूर्ण इजलासमा सुनुवाइ सुरु  

काठमाडौं, भदौ १८ : कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा पेशी तय भएको छ।

अहिले रिटमा निवेदक तर्फबाट सुनुवाई भइरहेको छ।

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी सरकार गठनलाई लिएर वैधानिकताको प्रश्न उठाउँदै रिट दायर गरेका थिए।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले रिटमाथि गम्भीर संवैधानिक निर्णय गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउन आइतवार आदेश दिएको थियो।

कोशी सरकार गठन विवादमा पूर्ण इजलासमा निरन्तर सुनुवाइपछि निर्णय आउने भएको छ। 
 
प्रकाशित मिति: १२:१८ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्