राष्ट्रपतिलाई भेटे प्रधानमन्त्री प्रचण्डले
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान भेटावार्ता भएको थियो।
काठमाडौं, भदौ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान भेटावार्ता भएको थियो।
भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
उक्त भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १२:३० बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार