वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या
वीर अस्पताल प्रसासनले जनाए अनुसार ति पुरुषले सर्जिकल भवनको तलाबाट हाम फालेका थिए।
काठमाडौं, भदौ १८ : गए राती वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ।
वीर अस्पताल प्रसासनले जनाए अनुसार ति पुरुषले सर्जिकल भवनको तलाबाट हाम फालेका थिए।
अन्दाजी ४० वर्षीय ती पुरुषले बिरामीको आफन्त रहेको बताउँदै अस्पतालभित्र प्रवेश गरेको जनाइएको छ। त्यसपछि उनी छैटौ तलामाथि पुगेर हाम फालेका थिए।
मृतकको परिचय खुलेको छैन। उनका कोही आफन्त विरामी पनि फेला परेका छैनन्। शव अस्पतालमा बेवारिसे अवस्थामा छ।
प्रकाशित मिति: १२:२८ बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











