Kathmandu Press

कोसी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।
कोसी सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, भदौ १८ : कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । 

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको छ ।

रिटमा पेसी पनि इजलासबाटै तोकिएको एमालेका तर्फबाट कोसी प्रदेशसभा सदस्य रहेका रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।

कोसी प्रदेशसभामा नेकपा ९एमाले० संसदीय दलका नेता रहेका हिक्मत कार्कीले रिट दायर गरेका थिए ।  

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, भदौ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्