Kathmandu Press

भ्रष्टाचारविरुद्ध नेवि संघको प्रर्दशन

प्रदर्शनमा सहभगाीले सरकारले मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिएका थिए।
भ्रष्टाचारविरुद्ध नेवि संघको प्रर्दशन

काठमाडौं, भदौ १७ : शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टचार बन्द गर्न माग गर्दै नेवि संघले प्रदर्शन गरेको छ।

नेवि संघले आइतबार माइतीघरमा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएकको भ्रष्टचार रोक्न माग गर्दै गर्यो। प्रदर्शनमा सहभागीले प्रधानमन्त्री पुष्पकमल दहाल र सरकारविरुद्ध नाराबाजी गरे।

मुल्य वृद्धी खारेज गर, प्रचण्ड सरकार होसियारजस्ता नारा लगाउँदै प्रदर्शनमा सहभगाीले सरकारले मुल्य वृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिएका थिए।

विद्यार्थीहरुले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाएका थिए। सरकारले आफूहरूलाई झुटो आश्वासन दिएर जनताको आंखाका धुलो छर्ने काम गरेको उनीले बताएका थिए।

 

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्