Kathmandu Press

कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु : सभापति राणा 

कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु : सभापति राणा 

काठमाडौं, भदाै १७ : प्रतिनिधिसभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि  गम्भीर भएर लाग्ने बताएकी छन्। 

प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाखांै हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन्। 

उनले गाँजा खेती सम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नु पर्ने बताइन्। 
उनले भनिन्, ‘गाँजा खेती सम्बन्धी अर्थ मन्त्रालयको नीतिमा परेको छ। त्यसपछि के भईरहेको छ त यस सम्बन्धी कुरा राख्नु पर्छ किन भने यसमा वैज्ञानिक र शैक्षिक अनुसन्धान पनि भइरहेको छ।

यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन्। यसलाई कसरी प्रयोगमा ल्याउँन सकिन्छ त्यसलाई योसँग जोडेर गृहमन्त्रालयको मानिससँग पनि कुरा गर्नु पर्छ। हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौ।’

यस्तै, उनले योभन्दा अगाडि गएका प्रस्तावहरुले के सुधारहरु गरे के भईरहेको छ भन्ने विषयमा सबै मन्त्रालयहरुलाई पत्रचार गरेर छलफल गर्नु आवश्यक भएको पनि बताइन्। 

उनले भनिन्, ‘यो भन्दा अगाडि गएका प्रस्तावमा के सुधारहरु गरे के भईरहेको छ भनेर केही मन्त्रालयहरुलाई सोध्नै पर्छ। यो भूमि आयोगको समस्याहरु कसरी समाधान गर्न सकिन्छ। पत्रचार नै गरेर उहाँहरुसँग छलफल गर्न आवश्यक छ।’ कार्बन ट्रेडका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निमार्ण गरेको छ त्यसको बारेमा पनि अध्यन गर्नु आवश्यक भएको उनको भनाइ छ। 

समितिको आजको बैठकमा हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको विषयमा छलफल भएको थियो। 
 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्