लैंगिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्यांकन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए।
काठमाडाैं, भदाै १७ : राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैंगिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्यांकन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए।
लैङ्गिक समानताका विषयमा कार्यक्रम तर्जुमा गर्न र अनुगमन मूल्यांकनका लािग महिला मन्त्रालय, महिला आयोग लगाएत सरोकारवाला निकायबीच समन्वयन गर्न पनि निर्देशन दिइएको उनले बताए।
बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: १७:१६ बजे, आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार