अमेरिकी सिनेटर क्रिस भान होलेन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैं, भदाै १७ : नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले नेपालको शान्तिप्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्।.
आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्तिप्रक्रिया कसरी अघि बढ्न र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरे।
त्यस्तै भेटवार्तामा दुईदेशीय सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा कुराकानी भएको थियो । भेटवार्तापछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्नेमा कुराकानी भएको बताए।
त्यस्तै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुईदेशबीचको सम्बन्धको बिषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्तिप्रक्रियाका बारेमा जिज्ञासा राखेको जानकारी दिनुभयो । जवाफमा एमाले अध्यक्ष ओलीले अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुने गरि शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने बताउनुभएको नेम्वाङले बताउनुभयो । बाइट.......
भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफुहरु खुसी र सकारात्मक भएको बताउनुभएको थियो । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आउनुभएको थियो ।











