ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु
थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो। सरकारको तर्फबाट सरकारी वकिलहरुको बहस जारी रहेको छ।
काठमाडौँ, भदौ १७ : बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस प्रराम्भ भएको छ।
थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो। सरकारको तर्फबाट सरकारी वकिलहरुको बहस जारी रहेको छ। जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सुरु भएको हो।
गत भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो। बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १८ जनालाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सिआइवीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: १५:०१ बजे, आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











