Kathmandu Press

नक्सा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : परराष्ट्रमन्त्री 

‘२०७५ सालमा संसदबाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन। तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको  बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’
नक्सा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : परराष्ट्रमन्त्री 

काठमाडौं, भदौ १७ : परराष्ट्र मन्त्री एनपी साउदले नक्सा बारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्। 
मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट नक्साबारेको विवाद समाधान गरिने स्पष्ट गरेका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाको कार्यालयमा आइतबार पत्रकारसँगको कुराकानीमा मन्त्री साउदले उक्त भनाइ राखेका हुन्। पत्रकासँग साउदले भने, ‘२०७५ सालमा संसदबाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन। तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको  बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

मन्त्री साउदले नेपालको नक्सामा प्रतिवद्ध रहेको बताउँदै विवाद गर्ने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्ने उपयुक्त विकल्प रहेको स्पष्ट पारे। उनले नेपालको नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहेको पनि बताए। मन्त्री साउदले पछिल्लो समय देखिएको नक्सा र सीमा विवादको बिषय कूटनीतिक माध्यमबाटै समाधान गरिने पनि बताए। 

परराष्ट्र मन्त्री साउदले चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको पनि पत्रकारसँग बताए। सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने भनाई उनको थियो। 
 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्