Kathmandu Press

जुम्लामा जिप दुर्घटनामा दुई जनाको मृत्यु

कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 
जुम्लामा जिप दुर्घटनामा दुई जनाको मृत्यु

जुम्ला, भदौ १७ : जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। 

जिप सडकबाट तीन सय मिटरजति तल खसेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्