Kathmandu Press

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं, भदाै १७ : नेपाल सरकारले संविधान दिवस ३ दिन मनाउने निर्णय गरेको छ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले विविध रचनात्मक कार्यक्रमसहित ३ दिन मनाउने निर्णय सरकारले गरेको हो।
 
बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।

असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम गर्ने तय भएको छ भने असोज ३ मा सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ।

यस्तै, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका र उपत्यका बाहिर पनि विविध कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्