पेप्सीकोलामा बस, बाेलेरो, स्कुटर र मोटरसाइकल आपसमा ठोकिए, १ जनाकाे मृत्यु, १३ जना घाइते
जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बलेरो आपसमा ठोक्किएका थिए।
काठमाडौं, भदौ १७ : काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ।
जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बाेलेरो आपसमा ठोक्किएका थिए।
बलाेराेलाई ठक्कर दिएर बस पल्टिँदा माेटरसाइकल र स्कुटरलाई किचेकाे थियाे। बसले बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकल किचेकाे थियाे।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेकाे प्रहरीले जनाएकाे छ।
साे दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। तीमध्ये बाेलेराेमा ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता ढुंगेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र ५ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











