Kathmandu Press

गायिका सम्झना भण्डारीको मर्मस्पर्शी तीज गीत ‘छोरीको कहानी’ (भिडियो) 

आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गीतमा गायिका भण्डारी स्वयंमको शब्द, संगीत र स्वर रहेको छ । गीतले अहिले पनि समाजमा छोरो पाउनुपर्छ भन्ने परम्परा रहेको गीतले दर्शाएको छ । 
गायिका सम्झना भण्डारीको मर्मस्पर्शी तीज गीत ‘छोरीको कहानी’ (भिडियो) 

काठमाडौं, भदौ १७ : चर्चित लोकगायिका सम्झना भण्डारीको तीज गीत छोरीको कहानी बोलको गीत सार्बजनिक भएको छ । 

पछिल्लो समय चर्चाको शिखरमा रहेकी भण्डारीले तीजलाई लक्षित गर्दै छोरीको कहानी बोलको गीत सार्बजनिक गरेकी हुन् ।

Hardik ivf

आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गीतमा गायिका भण्डारी स्वयंमको शब्द, संगीत र स्वर रहेको छ । गीतले अहिले पनि समाजमा छोरो पाउनुपर्छ भन्ने परम्परा रहेको गीतले दर्शाएको छ । 

छोरो पाउने आशमा जन्मेका ५ जना दिदीबहिनी र परिवारले भोगेको समस्यालाई गीतमा भण्डारीले देखाउन खोजेकी छिन् । गीतको म्युजिम भिडियो चेतना माध्यामिक विद्यालय काभ्रेमा खिचिएको हो । 

पछिल्लो समय तीज गीत विकृतीमा परिणत भईरहेको बेलामा भण्डारीले तीजको वास्तविक भाषा र मर्मस्पर्शी शब्दमा गीत सार्बजनिक गरेकी हुन् ।

यतिबेला भण्डारी भने तीजको कार्यक्रमका लागि दुबई पुगेकी छिन् ।

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्