Kathmandu Press

सिंहदरबारमा आगो लगाइदिने मेयर बालेनको धम्की 

उनले संघ सरकारलाई चेतावनी दिदैं महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।
सिंहदरबारमा आगो लगाइदिने मेयर बालेनको धम्की 

काठमाडौं, भदौ १७ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् । 

उनले संघ सरकारलाई चेतावनी दिदैं महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् ।

 “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: ०७:३३ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्