‘मेहनेतले नै मानिसलाई सफल बनाउँछ’
शनिबार काठमाडौंमा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनले मानिस जन्मिदा नै प्रतिभावान भएपनि त्यसलाई मेहनेतले परिर्माजन गरे जीवन सफल हुने बताए।
काठमाडौं, भदौ १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेहनेतले नै मानिसलाई सफल बनाउने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनले मानिस जन्मिदा नै प्रतिभावान भएपनि त्यसलाई मेहनेतले परिर्माजन गरे जीवन सफल हुने बताए।
‘मानिस जन्मिदादेखि नै प्रतिभा लिएर जन्मेको हुन्छ। त्यो विभिन्न किसिमले प्रकट भइरहको हुन्छ । आत्मविश्वासमा खुबि र क्षमताहरुमा देखिन्छ । त्यसलाई अझै परिमार्जन गर्न मेहेनत गर्नुपर्छ । अरुको राम्रो कुरा सिक्न सक्यो भने राम्रो हुुन्छ मानिसलाई घमण्ड र नराम्रो बानीले बिगार्छ,’ उनले भने।
उनले कला क्षेत्रलाई प्रोत्साहन गर्ने गरी हुने विभिन्न कार्यक्रम हुनु प्रशंसनीय भएको बताए।
प्रकाशित मिति: २०:०४ बजे, शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार