Kathmandu Press

जमिन कसैलाई बाँड्ने अधिकार प्रधानमन्त्रीलाई छैन : ओली

नेपाली भूमि लिपुलेकमा भारतले बाटो खनेको सन्दर्भमा प्रधानमन्त्रीले भारतीय मिडियामा बोलेको प्रसङ्गलाई जोडेर ओलीको उक्त भनाई आएको हो।
जमिन कसैलाई बाँड्ने अधिकार प्रधानमन्त्रीलाई छैन : ओली
फाइल तस्बिर।

काठमाडौं, भदौ १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको जमिन बेच्दै हिँडेको आरोप लगाएका छन्। जमिन कसैलाई बाँड्ने अधिकार नभएको भनाई पनि उनले राखेका छन्।

बुटवलमा आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई शनिवार सम्बोधन गर्दै ओलीले यस्तो भनाई राखेका हुन्। प्रधानमन्त्रीले बंगलादेशसम्म जान दिने बाटोका लागि आफ्नो जमिन छाडिदिने भनेको ओलीले बताए।

नेपाली भूमि लिपुलेकमा भारतले बाटो खनेको सन्दर्भमा प्रधानमन्त्रीले भारतीय मिडियामा बोलेको प्रसङ्गलाई जोडेर ओलीको उक्त भनाई आएको हो।

ओलीले भने, ‘बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो।’ आफुलाई मन लागेको खण्डमा जमिन बाँड्न नपाइने भनाई ओलीको थियो।

‘देशको जमिन पैतृक सम्पत्ति होइन, बाँड्ने अधिकार नेपाली जनताले कसैलाई दिएका छैनन,’ उनले भने, ‘नेपालको भूभाग अखण्ड छ। हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन,’ ओलीले भने।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्