चन्द्रगिरिमा सुरुङबाट प्रभावित क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएको हुन्।
काठमाडौं, भदौ १६ : चन्द्रगिरिमा सुरुङबाट प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्।
शनिबार चन्द्रगिरिमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्रमबाटै फोनमार्फत आयोजना प्रमुखलाई एक हप्ताभित्र सुझाव सहितको प्रतिवेदन बुझाउँन निर्देशन दिएको हुन्।
‘चन्द्रागिरिको सुरुङ्मार्गबाट प्रभावित जनताका समस्या बढो गम्भीर ढङ्गले मलाई राख्नुभयो सुरुङ मार्ग बनाउँदा घरहरु चर्किएर समस्या र खानेपानीको मुहानहरु सुकेको कुरा र यस प्रभावित क्षेत्रको राहतको निम्ति व्यवस्थाको कुरा उठाउँनु भएकोले मैले जनताकै बीचबाट भनेको छु,’ उनले भने, ‘तपाईले एक हप्ताभित्र सुझावसहितको प्रतिवेदन दिनप¥यो र समस्या समाधान गर्न के गर्नुपर्छ मलाई भन्नुहोला यो निर्देशनको रुपमा लिनुहोला।’
उनले चन्द्रगिरिको त्रिभूवन पार्कलाई स्थानीय पालीकालाई हस्तानतरण गर्ने प्रतिवद्धता पनि जनाए।











