Kathmandu Press

रुपान्तरण महाअभियानपछि पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल

अध्यक्ष दाहालले संख्याको बलको आधारमा नभएर इतिहास र सहिदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि प्रधानमन्त्री बनेको टिप्पणी गरे।
रुपान्तरण महाअभियानपछि पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले  ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’बाट पार्टी ट्रयाकमा आउने बताएका छन्।

अभियान अन्तर्गत चन्द्रागिरमिा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरि ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको सुरु भएको बताए।

‘जनतासँग माओवादी विशेष रुपान्तरण महाअभियानको सुरुवात माओवादीले आफैंबाट गर्नुपर्छ। बीचमा कहीं कतै बाटो बिराएको जस्तो जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो अहिले फेरी हाम्रो बाटो ट्रयाकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो, उनले भने, ‘यसले देशमा सामाजिक न्यााय र समृद्धिको सपना पूरा गर्ने आशा छ। ’

अध्यक्ष दाहालले सङ्ख्याको बलको आधारमा नभएर ईतिहास र सहिदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि प्रधानमन्त्री बनेको टिप्पणी गरे। साथै विश्वासको मत लिँदा झण्डै सत प्रतिशत समर्थन आफूलाई मिलेको भन्दै नेपालकै इतिहासमा यस्तो कहिल्यै भएको दाबी गरे।

उनले सहिदले बगाएको रगत र बेपत्ताको त्याग र तपस्याको तागतले,  राजनीतिक ऐजेण्डाको तागत र नेता कार्यकर्ता साथै मूल नेताको हैसियतले ३२ सिट भएपनि प्रधानमन्त्री र देशको नेतृत्व गर्ने अवसर उल्लेख गरे।

प्रकाशित मिति: १७:३१ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्