Kathmandu Press

वाग्मतीमा र्‍याफ्टिङ र्‍याली

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्‍याफ्टिङ र्‍याली निकालिएको हो।
वाग्मतीमा र्‍याफ्टिङ र्‍याली

काठमाडाैं, भदाै १६ : वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन वाग्मती नदीमा र्‍याफ्टिङ र्‍याली आयोजना गरिएको छ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्‍याफ्टिङ र्‍याली निकालिएको हो।

प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए, जसमा  काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाको प्रतिनिधित्व रहेको थियो।

र्‍याफ्टिङ खेलको प्रवर्धन एवं बागमती नदीलाई स्वच्छ राख्नका लागि र्‍याफ्टिङ र्‍यालीको आयोजना गरेको आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्