सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, भदौ १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।
प्रकाशित मिति: १३:५८ बजे, शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











