नेपाली समाज रुपान्तरणमा योगदान गर्नु नै अबकाे मेराे एकमात्र उद्देश्य हो : प्रधानमन्त्री दहाल
‘युवा अवस्थादेखि क्रान्ति ,परिवर्तन र जनताको पक्षमा समय बिताएँ। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु।’
काठमाडौं, भदौ १६ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली समज रुपान्तरणमा योगदान गर्नु नै अबको आफ्नो एकमात्र उद्देश्य भएको बताएका छन्।
‘जनतासँग माओवादी स् विषेश रुपान्तरण अभियान’को भर्चुअल उद्घाटन गर्दै अध्यक्ष दाहालले संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जीवन नरहेको बताउँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरे।
‘मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन्,’ अध्यक्ष दाहालले भने, ‘देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन।’
दाहलालेआफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिवद्धता जनाए। उनले क्रान्तिदेखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय, पाइला र पल जनताको पक्षमा बितेको बताए।
‘युवा अवस्थादेखि क्रान्ति ,परिवर्तन र जनताको पक्षमा समय बिताएँ। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेका छन्।’
अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे। उनलेले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानविन र कारवाहीले जनतामा उत्साह आएको दाबी गरे।











