गोरखामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो
शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
गोरखा, भदौ १६ : गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
शनिबार बिहान करिब ५ बजे सडक छेउमा शंकास्पद वस्तु भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।
कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको नेपाली सेनाले जनाएको छ। सो स्थानमा हसिया हतौडा अंकित झन्डा पनि भेटिएको थियो।
गोरखा आबुखैरेनी सडक खण्डमा राखिएको उक्त शंकास्पद वस्तुका कारण बिहानैदेखि यातायात आवागमनसमेत बन्द भएको थियो।
प्रकाशित मिति: १०:०८ बजे, शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार