Kathmandu Press

शंकर पोखरेल नेतृत्वकाे एमाले उच्चस्तरीय टोली चीन जाँदै

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन्।
शंकर पोखरेल नेतृत्वकाे एमाले उच्चस्तरीय टोली चीन जाँदै

काठमाडौं, भदौ १६ : नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। सद्भावनापूर्ण भ्रमणका लागि महासचिव पोखरेल नेृतत्व टोली आज त्यसतर्फ प्रस्थान गर्ने छ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी जानकारी दिए।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन्।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ। भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:२७ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्