Kathmandu Press

‘ललिता निवास प्रकरणमा मेरो र माधवजीको टेन्सन सकियो’

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि टेन्सन भएको बताए।
‘ललिता निवास प्रकरणमा मेरो र माधवजीको टेन्सन सकियो’

कास्की, भदौ १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार जग्गा प्रकरणमा निर्दोष सावित भएको बताउँदै ‘टेन्सन’ मेटिएको बताएका छन्।

पोखरामा भएको समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोन गर्दै प्रधानमन्त्री दाहालले औपचारिक रुपमै निर्दोष सावित भएकाले फेरि प्रश्न उठाउने ठाउँ नरहेको समेत बताए। उनले ललिता निवास प्रकरणमा माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि टेन्सन भएको बताए।

‘माधवजीको बारेमा धेरै प्रश्नहरुे के हो कसो हो भनेर बढी नै आयो। पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो,’ प्रधानमन्त्री दहालले भने, ‘औपचारिक रुपले सावित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। किनभने सिआइबीले अन्तत के हो भनेर उहाँको वयान त लियो । बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि उहाँ निर्दोष हुनुभयो।’

प्रधानमन्त्री दहालले भ्रष्टाचारविरुद्धको अभियान सानो मन र सानो विचारले सुरु नगरिएको बताउँदै माओवादीका नेताहरु परेपनि नछाडिने बताए। दोषी कोही नछुट्ने बताउँदै उनले निर्दोष नफस्ने पनि उल्लेख गरे।

 

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्