Kathmandu Press

ललिता निवास प्रकरणमा १७ प्रतिबादीको बयान सकियो

बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो।
ललिता निवास प्रकरणमा १७ प्रतिबादीको बयान सकियो

काठमाडौँ, भदौ १५ : बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिनामा अभियोग लगाइएका १७ जना प्रतिवादीहरुको बयान सकिएको छ।
 
शुक्रबारसम्म १७ जना प्रतिवादीले बयान सकिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ । जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासमा बयान चलिरहेको छ। गत भदौ ११ बाट थुनामा रहेको प्रतिवादीहरुको बयान सुरु भएको थियो।

प्रतिबादीमध्ये समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको बयान जारी छ। बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो।

जिल्ला अदालतले बयान सकेर आइतबारदेखि मुद्दाको थुनछेक बहस सुरु गर्ने तयारी गरेको छ। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सिआइवीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्