Kathmandu Press

जलवायु परिवर्तन बारे युवा पुस्तामा चासो बढ्दै गएको छ : मन्त्री महतो

मन्त्री महतोले जलवायु परिवर्तनको विषयमा जसरी विगतमा कुरा उठ्नुपर्ने हो त्यो नभएको भन्दै अहिले जलवायु परिवर्तनको विकासमा युवा पुस्तामा केही गरौं भन्ने चासो बढ्दै गएको बताए।
जलवायु परिवर्तन बारे युवा पुस्तामा चासो बढ्दै गएको छ : मन्त्री महतो

काठामाडौं, भदौ १५ : वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले जलवायु  परिवर्तन बारे यूवा पुस्तामा चासो बढ्दै गएको बताएका छन्।

शुक्रबार काठमाडौंमा अयोजित जलवायु परिवर्तन सम्बन्धी अर्न्तक्रिया कार्यक्रममा मन्त्री महतोले जलवायु परिवर्तनको विषयमा जसरी विगतमा कुरा उठ्नुपर्ने हो त्यो नभएको भन्दै अहिले जलवायु परिवर्तनको विकासमा युवा पुस्तामा केही गरौं भन्ने चासो बढ्दै गएको बताए।

मन्त्री महतोले चुरेलाई बचाउन नसकेको गुनासो गर्दे चुरे भएन भने मधेशलाई पनि बचाउँन नसकिने टिप्पणी गरे । उनले कुनै पनि संस्थाको बोर्डमा राजनीतिकर्मी आउँछ भने त्यहाँबाट राम्रो कामको अपेक्षा गर्नु बालुवामा पानी खन्याउनु जस्तै भएको बताए।
‘चुरे भएन भने मधेश बच्दैन, मधेश मरुभूमि हुन्छ । यति थाहा हुँदाहुँदै पनि हामीले चुरे बनाउन सकेनौं,’ उनले भने।

उनले जलवायू परिवर्तनलाई हेर्दा सबैभन्दा पीडित नेपाल नै भएको भन्दै त्यसमा पनि बालबालिका र महिला बढी पीडित देखिएको बताए। पुरुष धेरै जसो विदेश जाने र गाउँमा बालबालिका र महिला मात्र बस्ने हुँदा महिला बढी पीडामा परेको उनको दाबी छ।

 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्