अरनिको राजमार्ग विस्तारमा बजेटको अभाव हुँदैन : अर्थमन्त्री डा. महत
मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताए।
काभ्रे, भदौ १५ : अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारका लागि बजेट अभाव नहुने बताएका छन्।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए।
‘भक्तपुरदेखि धुलिखेलसम्मको सडकमा ६ लेनको विस्तार भइरहेको छ। केन्द्र सरकारले सडक विस्तारका लागि बजेट छुट्याएको छ। यो सडकविस्छार बजेटका कारण रोकिँदैन्,’ अर्थमन्त्री डा. महतले भने।
तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ।
यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताए। 'उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ,' उनले भने।

मन्त्री डा. महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए। उनले भने, 'विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ।' चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो।'
मन्त्री डा. महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए। यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे।
सातौं वार्षिकसभामा बनेपा नगरपालिका र खानिखोला गाउँपालिका उत्कृष्ट पालिका घोषित भए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयद्वारा तयार पारिएको स्थानिय तह संस्थागत क्षमता मुल्याङकनका आधारमा बनेपा र खानीखोला उत्कृष्ट पालिका बनेका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समितिले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई सम्मान गर्दै बिदाई गरेको छ। यस्तै, सोही अवसरमा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’का सेकेन्ड रनरअप शरद हुमागाईँलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।











