Kathmandu Press

पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न सरकार प्रतिबद्ध : मन्त्री राई

दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गत मूल समारोह समिति काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।
पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न सरकार प्रतिबद्ध : मन्त्री राई

काठमाडाैं, भदाै १५ : ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ १६औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।

पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गत मूल समारोह समिति काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले काठमाडौं केन्द्रित भन्दा पुस्तकालय भएको स्थानमा नै दिवस मनाएर आम जनतामा पढ्ने बानीको विकास गर्न सक्नुपर्ने बताए। मन्त्री राईले पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो। नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ। नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ।
 

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्