Kathmandu Press

कांग्रेसविरुद्ध चौतर्फी आक्रमण भयो : शेखर कोइराला 

उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए। 
कांग्रेसविरुद्ध चौतर्फी आक्रमण भयो : शेखर कोइराला 

तनहुँ, भदौ १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसमाथि  चौतर्फी आक्रमण भइरहेको बताएका छन्। 

शुक्रबार दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा पुगेका कोइरालाले यस्तो भनाइ राखेका हुन्। उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए। 

सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक रहेको बताउँदै उनले कांग्रेस एकढिक्का हुनुपने बताए। नेता कोइरालाले उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको भनाइ पनि राखेका छन्।

उनले भने, ‘तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन, तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ।’ एक प्रसंगमा कोइरालाले देशको आर्थिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक क्षेत्रमा समेत समस्या देखिएको भन्दै समाधानका लागि कांग्रेसको नेतृत्वबाट मात्र सम्भव रहेको पनि बताए।

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने भनाइ उनको थियो । 
 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्