Kathmandu Press

‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान भाेलिबाट, भट्टेडाँडा पुगेर प्रचण्डले अभियान थाल्ने

शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानका क्रममा माओवादी जनताको घरघरमा जाने र आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुने बताए।
‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान भाेलिबाट, भट्टेडाँडा पुगेर प्रचण्डले अभियान थाल्ने

काठमाडाैं, भदाै १५ : नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शनिबारबाट सुरु हुँदैछ।

२०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर सुरु गर्न लागिएको अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने माओवादी केन्द्रका प्रचार विभाग प्रमुख अग्नि सापकोटाले जानकारी दिए।

शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानका क्रममा माओवादी जनताको घरघरमा जाने र आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुने बताए।

त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणालाई सार्वभौम सम्पन्न संसदले पास गरेको भन्दै सम्झौताको अंग बन्नुपर्ने जिकिर गरे।एमसीसीमा व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाए मात्रै सहज कार्यान्वयन हुने उनको भनाइ छ।

सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भूभागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताए। त्यस्तै उनले अहिले गठबन्धनमा कुनै समस्या नआएको धारणा राखे। 

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्