Kathmandu Press

गृहमन्त्री श्रेष्ठसँग बेलायती राजदूतको भेट 

भेटमा मन्त्री श्रेष्ठले भने, ‘दुई देशबीचको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको छ। हामीलाई गर्व छ हामीले यती वर्ष पूरा गर्न सफल भयौं। बेलायतले हामीलाई यति वर्षमा धेरै विकासको कामहरुमा सहयोग गरेको छ र हामी त्यसको प्रशंसा गर्छौं।’
गृहमन्त्री श्रेष्ठसँग बेलायती राजदूतको भेट 

काठमाडौं, भदाै १५ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–बेलायत सहकार्यलगायत आपसी हितका विविध विषयमा छलफल भएको हो। 

भेटमा मन्त्री श्रेष्ठले भने, ‘दुई देशबीचको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको छ। हामीलाई गर्व छ हामीले यती वर्ष पूरा गर्न सफल भयौं। बेलायतले हामीलाई यति वर्षमा धेरै विकासको कामहरुमा सहयोग गरेको छ र हामी त्यसको प्रशंसा गर्छौं।’

सो अवसरमा नेपालका लागि बेलायती राजदूत फेनले, नेपाल र बेलायतबीचको सम्बन्धको चर्चा गर्दै नेपालसँगको सहकार्यलाई थप उचाइमा पुर्‍याउने बताए।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्