Kathmandu Press

प्रधानमन्त्रीको चीन भ्रमणमा चुच्चे नक्साको कुरा हुन्छ : माओवादी

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले उक्त जानकारी दिएको हो।
प्रधानमन्त्रीको चीन भ्रमणमा चुच्चे नक्साको कुरा हुन्छ : माओवादी

काठमाडौं, भदौ १५ : नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेला कुरा राख्ने बताएको छ। 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चुच्चे नक्साको बिषयमा कुटनीतिक माध्यमबाट कुरा हुने जानकारी दिएका हुन्। 

सापकोटाले चीनले जारी गरेको नक्सामा महत्वपूर्ण विषयलाई नसमेटिएको भन्नेबारे कूटनीतिक माध्यमबाट कुरा हुने बताए।
सापकोटाले पत्रकाससँग भने, ‘मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ। त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ। प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ। त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ।’
 

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्