Kathmandu Press

ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउन विधुत विधेयक छिट्टै संसदमा पेस गरिन्छ :

विधुत विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको वृद्धिदेखि प्रसारणलाईको विस्तारका साथै बितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए।
ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउन विधुत विधेयक छिट्टै संसदमा पेस गरिन्छ :

काठमाडाैं, साउन १५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउन विधुत विधेयक छिटै संसदमा पेस गरिने बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री बस्नेतले संसदमा छिटै विधुत विधेयक पेश गर्ने र अहिलेको अधिवेशनबाट नै टुंग्याउने बताए।

विधुत विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको बृद्धिदेखि प्रसारणलाईको विस्तारका साथै बितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए। उनले मुलुक इलेक्ट्रिक भेइकल (इभी) को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सवै रुपमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना गरेको बताए। ऊर्जा उत्पादन बढ्दै जादा यसको खपत बढाउनका लागि इभिका प्रोत्साहन गरिने उनको भनाइ छ। 

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो। भाद्र १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन्। 

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्