Kathmandu Press

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ गर्न न्यायाधीश खतिवडाद्वारा अस्वीकार 

रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा पेशी तय भएको थियो। रिटमा सुनुवाइ गर्न न्यायाधीश खतिवडाले अस्वीकार गरेपछि स्थगित भएको हो।
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ गर्न न्यायाधीश खतिवडाद्वारा अस्वीकार 

काठमाडौं, भदौ १५ : कोशी सरकारको वैधतालाई लिएर दायर रिटको सुनुवाइ स्थगित भएको छ।

रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा पेशी तय भएको थियो। रिटमा सुनुवाइ गर्न न्यायाधीश खतिवडाले अस्वीकार गरेपछि स्थगित भएको हो।

न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको बताउँदै रिटमा सुनुवाई गर्न अस्वीकार गरेका छन्। गत भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको प्रश्न उठाउँदै दीर्घकालीन र नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

गत भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मतका लागि सभाध्यक्षको मत प्रयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको संवैधानिक र कानुनी प्रश्न खडा गर्दै कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। 
 
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्