Kathmandu Press

सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं, भदौ १५ : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान भएको छ।

शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिकाे बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।समितिको आजको बैठकले शर्मालाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन सिकिनेछ।  

भदौ १० गते पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको बसेको न्याय परिषद्को बैठकले ६२ वर्षीय शर्मालाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअघि पनि उनको नाम सिफारिस भएको थियो तर संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन।

अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्