Kathmandu Press

८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ।
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक, भदौ १५ : चीनसँगको व्यापारिक नाका तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। यो नाका ८ वर्षपछि सर्वसाधारणका लागि खुला भउको हो।

शुक्रबार भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर यो नाका सर्वसाधारणका लागि खुला गरिएको हो।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ। जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।

खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ। स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।

यसअघि १५ जेठ २०७६ मा आयात र गएको वैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियो। नेपाल–चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सीमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए।

भूकम्प र बाढीपहिरोले सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण छ। कोरोना महामारीले लगभग तीन वर्ष आयात पनि अनियमित बनेको थियो।

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्