Kathmandu Press

समाजवादी मोर्चाको सभा आज पोखरामा 

समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज (शुक्रबार) गण्डकी प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।
समाजवादी मोर्चाको सभा आज पोखरामा 

काठमाडौं, भदौ १५ : समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज (शुक्रबार) गण्डकी प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।  

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन भएको पौडेलले जानकारी दिएका छन् । 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्