राप्रपाको भवन नभत्काउन काठमाडाैं महानगरलाई पाटन उच्च अदालतको अन्तरिम आदेश
महानगरको टोली राप्रपाको कार्यालय रहेको भवन भत्काउन गत साउन १५ गते डोजरसहित पुगेपछि घरधनी प्रभा चापागाईंले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
काठमाडौं, भदौ १४ : उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भवन तत्काल नभत्काउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले भवन नभत्काउन उक्त आदेश जारी गरेको हो। उच्चको आदेशपछि राप्रपा कार्यालय भत्काउने काठमाडौं महानगरको योजना रोकिएको छ।
महानगरको टोली राप्रपाको कार्यालय रहेको भवन भत्काउन गत साउन १५ गते डोजरसहित पुगेपछि घरधनी प्रभा चापागाईंले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।
उच्चले कानूनको प्रकृया बिना भवन भत्काउँदा साम्पत्तिक हकमा असर परी अपूर्णिय क्षति पुग्ने कारण दर्शाउँदै अल्पकालिन अन्तरिम आदेश दिएको हो। उक्त प्रकरणमा अन्तिम टुंगोमा पुग्न अदालतले रिट निवेदक घरधनी र महानगरपालिकालाई छलफलमा डाकेको छ।
प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











