Kathmandu Press

राम्राे काम गर्दा गर्दै सरकारबाट कस्ले हटाउँदोरहेछ म पनि हेर्छु : प्रधानमन्त्री

‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ भनेकाे थिएँ। राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु।’
राम्राे काम गर्दा गर्दै सरकारबाट कस्ले हटाउँदोरहेछ म पनि हेर्छु : प्रधानमन्त्री

सुर्खेत, भदौ १४ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेको बताउँदै अब त्यो कदम नरोकिने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले राम्रो काम गरेको तर प्रतिक्रियावादी तत्वलाई सह्य नभएको दाबी समेत गरे।

एमालेलाई लक्षित गदै उनर्ले नक्कली कम्युनिष्ट भएको समेत बताए । प्रधानमन्त्री दहालले परिवर्तनको पक्षमा अग्रसर हुने प्रमुख लक्ष्य रहेको बताउँदै सभामा भने, ‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ भनेकाे थिएँ। राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु।’

भ्रष्टाचारविरुद्ध कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको भनाई समेत उनले राखे। माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए पनि नछोड्न भनेको उनको भनाई थियो।

प्रधानमन्त्री दाहालले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए।

 

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्