Kathmandu Press

सुधीर बस्नेतको हाउजिङ लिलाम हुने

ललितपुरको इमाडोलस्थित निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
सुधीर बस्नेतको हाउजिङ लिलाम हुने

काठमाडौं, भदौ १४ : व्यापारी सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ लिलाममा जाने भएको छ।

ललितपुरको इमाडोलस्थित निर्माणाधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

बस्नेतले सहकारी संस्थाको रकम अपचलनको आरोप खेप्दै आएका छन् । कोषले १० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको कोहिनुर हिल्स हाउजिङका भवनहरुको लिलामी प्रक्रिया अघि बढाएको कोषको हो।

ऋण र त्यसको ब्याजसहितको भुक्तानी समयमै नतिरिएका कारण लिलामी गर्नुपरेको जनाइएको छ । हाउजिङका लागि लिएको २३ करोड र त्यसको सावाँ तथा ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व बस्नेतमाथि छ।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्