एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार नेपालगन्जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफु अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताए।
काठमाडाैं, भदाै १४ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन्।
बिहीबार नेपालगन्जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफु अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताए।
उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पारे। काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराए।
संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ।