जनैपूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वरमा मेला
कुम्भेश्वर मन्दिर परिसरमा रहेको गोसाईकुण्डको जल प्रवाह भइरहेको मानिने करिब ३ फिट ब्यास र ३ फिट जति नै गहिराईको यही कुण्डको पानी जमेको पोखरीको बीचमा महादेवको मूर्ति राख्ने गरिन्छ।
ललितपुर, भदाै १४ : जनैपूर्णिमाका अवसरमा कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलनअनुसार ललितपुरको कुम्भेश्वरमा मेला लागेको छ।
बुधबार राती महादेवको मूर्ति मन्दिरबाट पोखरीमा राखिएको थियो। कुम्भेश्वर मन्दिर परिसरमा रहेको गोसाईकुण्डको जल प्रवाह भइरहेको मानिने करिब ३ फिट ब्यास र ३ फिट जति नै गहिराईको यही कुण्डको पानी जमेको पोखरीको बीचमा महादेवको मूर्ति राख्ने गरिन्छ।
पूजा गर्न भक्तजनका लागि पुल समेत निर्माण गरिएको हुन्छ भने यो पोखरीमा स्नान गर्नेहरुको संख्या पनि उल्लेख्य देखिन्छ। मेला भर्न गएका भक्तजनहरु आ–आफ्नो धार्मिक मान्यता अनुसार रक्षा वन्धन बाँध्ने, जनै फेर्ने गर्दछन्।
जनैपूर्णिमाको मेला भर्न गोसाईकुण्ड पुग्न नसक्नेहरु कुम्भेश्वर आउने गर्दछन्।

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











